११ श्रावण २०८१, शुक्रबार

काँग्रेसद्वारा योजनाहरूको अनुगमन शुरु



सुखड । नेपाली कांग्रेस घोडाघोडी नगर समितिले घोडाघोडी नगरपालिकाभित्र गत आर्थिक वर्ष २०७५÷०७६ भएका विकास निर्माण योजनाहरुको अनुगमन गर्न सुरु गरेको छ ।
असार ३० गतेदेखि प्रत्येक वडामा भएका भौतिक तथा सामाजिक विकास तर्फका योजनाहरुको अनुगमन शुरु गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का उपसभापति लक्ष्मण शाहीले जानकारी दिए ।
उनले वडा नम्बर १ देखि १२ सम्मका विकास निर्माण योजनाहरुको अनुगमन तथा मूल्यांकन गरिने बताए ।
असार ३० गते वडा नम्बर १०, असार ३१ गते वडा नम्बर ४ का भौतिक तथा सामाजिक विकास योजनाको अनुगमन गरिएको नेपाली काग्रेस नगर समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार