१२ श्रावण २०८१, शनिबार

समुदायिक सुुरक्षाबारे विद्यार्थीहरूसंग अन्तक्र्रिया



धनगढी । सामुदायीक सुरक्षा अभिबृद्धीका लागि बुधवार सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको छ ।


युवा शान्ति परिषद नेपालको आयोजना तथा धनगढी उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा विद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको हो ।
युवा शान्ति परिषद नेपालका संयोजक प्रेम ढुंगानाका अनुसार विद्यार्थीहरुलाई लागु औषध दुब्र्यशन, त्यसको प्रभाव, त्यसले समाज र ब्यक्तिगत जिवनमा हुने असरका बारेमा वडा प्रहरी कार्यालय धनगढीका प्रहरी नायव निरिक्षक बिर्खबहादुर बुढाले प्रस्तुती करण गरेका थिए ।
धनगढीका लागुपर्दाथको दुब्र्यशनी गर्नेको संख्या बढी रहेको बेलामा क्याम्पस र विद्यालयमा प्रहरी संग एक दिन अभियान संचालन गरिएको युवा शान्ति परिषद नेपालका संयोजक ढुंगानाले बताए । धनगढी उप–महानगरपालिका र जिल्ला प्रहरी कार्यालय कैलालीले लागुपदार्थ दुब्र्यशन न्यूनिकरणका लागि सहयोग गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार