१२ श्रावण २०८१, शनिबार

पहुरा दैनिक १७ औं वर्षमा



धनगढी । धनगढीबाट थारु भाषामा प्रकाशित हु“दै आएको पहुरा दैनिक पत्रिकाले प्रकाशनको १६ वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ ।

१६ वर्ष पहिले साउन १ गतेदेखि प्रकाशन शुरु गरेको पहुराले बुधबार वार्षिकोत्सवको अवसरमा अनलाइन पोर्टल समेत शुरु गरेको छ ।
थारु भाषा, संस्कृति, मुद्दालाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएको पहुराले थारु भाषाको मानक भाषा बनाएर प्रकाशन थाल्नुपर्ने कार्यक्रममा सहभागीले बताए । उनीहरुले थारु समुदायको अधिकारका लागि पहुराले अग्रनी भूमिका निर्वाह गरेको भन्दै थप मुद्दाहरु उठानका लागि समेत भूमिका निर्वाह गर्ने बताए ।
पहुराका सम्पादक स्माइल चौधरीको अध्यक्षमा भएको कार्यक्रममा आदिवासी जनजाति तथा थारु ममुदायका अगुवा, पत्रकार तथा नागरिक समाजका अगुवाहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार