८ चैत्र २०८१, शनिबार

वडाको सार्वजनिक सुनुवाई



जानकी । कैलालीको जानकी गाउंपालिका वडा नम्बर ३ को आर्थिक वर्ष २०७५/०७६ को मंगलबार सार्वजनिक सुनुवाई भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सभागीहरूले विकास कार्यमा महिलाको सहभागिता बृद्धि, स्थानीयको प्राथमिकताका आधारमा विकास, लगायतका विषयमा जिज्ञासा तथा टिप्पणी गरेका थिए ।
कार्यक्रममा ललिता रिमाल, बालकृष्णी चौधरी, कृष्ण बहादुर साउद, हरिहर गिरि, विक्रम राज सुवेदी लगायतले धारणा व्यक्त गरेका थिए । कार्यक्रममा वडा सचिव गणेश थापाले आर्थिक वर्ष २०७५/०७६ मा वडामा ६६ लाख ७५ हजार रुपैयाको बजेट तथा योजना र कार्यक्रम रहेको बताए ।
कार्यक्रममा वडाध्यक्ष प्रदिप कुमार शाहले वडाको विकासको लागि कमीकमजोरीलाई सुधार गर्दै जाने बताए । सामुदायिक रेडियो टीकापुर एफएमले सहजीकरण गरेको कार्यक्रम संचालन पत्रकार गणेश चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार