११ श्रावण २०८१, शुक्रबार

साझेदारी बनबारे छलफल



धनगढी । साझेदारी वन व्यवस्थापन सम्बन्धी पत्रकार तथा नागरिक समाजसंग मंगलबार धनगढीमा छलफल भएको छ ।

साझेदारी वन व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश मामिला तथा विधायन समिति सभापति नेपालु चौधरीले भारताल साझेदारी वनले ल्याएको वन व्यवस्थापन कार्यक्रम राम्रो भएको बताए ।
उनले भारताललाई व्यवस्थित, बलियो र पारदर्शी बनाउन आफुले पनि हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कायक्रममा नेकपा नेता दिनेशराज सुवेदीले वैज्ञानिक वन व्यवस्थापनको अवधारणा सामुदायिक वनलाई विस्थापन गर्ने उद्देश्यले ल्याइएको आरोप लगाए । उनले भने– अहिले स्थानीयहरुले आवश्यकता अनुसार सामुदायिक वनबाट काठ लिइरहेका छन । वैज्ञानिक वन व्यवस्थापनको अवधारणाले यसलाई असर पुर्याउने छ । उनले समग्रमा वैज्ञानिक वन व्यवस्थापन नराम्रो भएको बताए ।
भारताल साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष यादव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष फूलराम चौधरी, १४ का वडाध्यक्ष रामबजारी चौधरी, १६ का वडाध्यक्ष लक्ष्मीनारायण चौधरी, १२ का वडाध्यक्ष गणेश जोशी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउद लगायतले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत विनोद खतिवडाले वैज्ञानिक वन व्यवस्थापनको सुरुवात, अवधारणा, फाईदा र चुनौति लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । भने साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष यादवले भारताल वनको कार्ययोजनाका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
समितिका सहसंयोजक देवी भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सदस्य देवबहादुर सेट्टीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार