१२ श्रावण २०८१, शनिबार

राष्ट्रपति रनिङसिल्डः उसुमा सुदूरपश्चिम प्रथम



धनगढी । काठमाडौंमा जारी ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तरगत उसुमा सुदूरपश्चिम प्रदेश प्रथम भएको छ ।
आईतवारदेखि सुरु भएको प्रतियोगिता अन्तरगत उसुमा छ स्वर्ण, छ रजत र छ काश्य पदकका लागि भएको प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशले पाँच स्वर्ण, तीन रजत र तीन काश्य पदक जितेको टिमका प्रशिक्षक रतन खातीले जानकारी दिए ।
सुदूरपश्चिमका उसु खेलाडी अलिशा खाती, पावल पार्की, विक्रम सुनारीमगर, एलिशा खाती र स्वष्तिक दहितले स्वर्ण जिते ।
त्यस्तै, हेमन्त धामी, किरण बुचामगर र पुष्पा कु“वरले रजत पदक जितेका छन भने दिपिका बोगटी, अञ्जली राना र जनक बुढाले का“श्य पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार