२ असार २०८१, शनिबार

धनगढी ग्यालरीद्वारा रक्तदान



धनगढी । धनगढी ग्यालरीको आयोजनामा सोमबार धनगढीमा रक्तदान कार्यक्रम भएको छ ।

धनगढी ग्यालरीका प्रवन्धक जिएस भण्डारीले स्वास्थ्य संस्थामा देखिएको रगत अभावको समस्यालाई दृष्टिगत गर्दै हेल्प फोर ह्याप्पीनेसको सहयोगमा रक्तदान शिविर आयोजना गरिएको बताए । सो अवसरमा १८ पिन्ट रगत संकलन भएको उनले जानकारी दिए ।
रक्तदान कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार