८ असार २०८१, शुक्रबार

हाफ म्याराथनस् सन्तोष र रेखा बने विजेता



कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा सोमबार भएको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका सन्तोष विक्रम विष्टले जितेका छन् ।

‘दौड सुदूरपश्चिम दौड’ नाराका साथ सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा भएको खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेस“गै उनले एक लाख रुपैया पुरस्कार प्राप्त गरेका छन् ।
शुक्लाफा“टा नगरपालिकाको झलारी बजारबाट शुरु भएको दौडमा धावक विष्टले एक घण्टा १५ मिनेट ३३ सेकेण्डमा दूरी पार गरेका थिए । यसअघि भीमदत्तनगरपालिकाको आयोजनामा भएको जैविक मार्ग हाफ म्याराथन प्रतियोगिता पनि विष्टले नै जितेका थिए ।
त्यसैगरी महिलातर्फ कञ्चनपुरको भीमदत्त नगरपालिकाको गड्डाचौकीका रेखा चन्दले उपाधि जितिन् । उनले एक घण्टा ४० मिनेटमा निर्धारित दूरी पार गरेका थिइन् । उपाधिसंगै रेखाले एक लाख रुपैया पुरस्कार प्राप्त गरिन् ।
त्यस्तै पुरुष हाफ म्याराथनमा नेपाली सेनाका सुमन मादेन उपविजेता बने । उनले एक घण्टा २१ मिनेटमा दूरी पार गरेका थिए । उपविजेता सुमनले ६० हजार रुपैया प्राप्त गरे । सो प्रतिस्पर्धामा लक्ष्मण भण्डारी तेस्रो हुदै ४० हजार रुपैया प्राप्त गर्न सफल भए । भने चौथो स्थान प्राप्त गरेका नेपाली सेनाका सन्तोष बोहराले २० हजार रुपैया पाए ।
त्यस्तै, महिलातर्फ भीमदत्त नगरपालिकाको बागफा“टाका लक्ष्मी बम उपविजेता बनिन् । उनले एक घण्टा ४३ मिनेटमा दुरी पार गरेकी थिइन् । उनले ६० हजार रुपैया पुरस्कार प्राप्त गरिन् ।
त्यसैगरी, नेपाली सेनाका कविता जनाल र अमृता नाथ क्रमशः तेस्रो र चौथो भए । कविताले ४० हजार र अमृताले २० हजार रुपैया पुृरस्कार प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार