११ श्रावण २०८१, शुक्रबार

सहजपुर–बोगटान सडक खण्ड बिग्रियो



सुखड । लगातारको वर्षापछि सहजपुर–बोगटान सडक खण्ड बिग्रिएको छ । सो सडकको सहजपुरदेखि बिपिनगरसम्मको खण्डमा यातायात सञ्चालन गर्न निकै कठिनाई भइरहेको स्थानीयले बताएका छन् ।


सो सडक खण्डमा ठाउँठाउँमा हिलाम्मे भएका कारण बडिकेदार गाउ“पालिकाको अत्तरकाडा जाने र अत्तरकाडाबाट धनगढी आउने सवारी साधन बीच बाटामै फसेका छन् । सवारी साधन बीच सडकमा फसेका कारण यात्रुहरु बिचल्लीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार