९ असार २०८१, शनिबार

धनगढी चौथो नगरसभा समापन



धनगढी । धनगढी उपमहानगरपालिकाको चौथो नगरसभा सोमबार विधिवत रुपमा समापन गरिएको छ । सो अवसरमा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले नगरसभा सफल बनाउन योगदान पु¥याउने सबैमा धन्यवाद व्यक्त गरे ।

धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट आईतबार सर्वसम्मत रुपमा पारित गरिएको थियो । असार ८ गतेदेखि चौथो नगरसभा सुरु भएको थियो ।
नगर उपप्रमुख सुशीला मिश्र भट्टले असार ८ गते नगरसभामा एक अर्ब ५८ करोड ४८ हजार रुपैयाको बजेट पेश गरेकी थिईन । सो बजेटमा चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार तथा पुँजीगत तर्फ ८१ करोड, ६८ लाख पांच हजार रुपैया“ विनियोजन गरिएको छ ।
नगरको नीति, कार्यक्रम तथा बजेट पूर्वाधार विकासमा सुधारीएको सडक, कृषीमा आधुनिकिकरण तथा ब्यावसायीकरणलाई जोड दिएको छ । शिक्षा क्षेत्रमा गुणस्तर ल्याउने, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधी तथा संचारमा विकास, उद्यम र सहकारीको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा बिशेष जोड, सामुदायीक बनको संरक्षण तथा ब्यबस्थापन र प्राकृतीक बिपद तथा पूर्व तयारी, राहत वितरण, पुर्नस्थापन, पुनःनिर्माणलाई प्राथमिकतामा राखिएको छ ।

संरचना आफै भत्काउनेदेखि उत्कृष्ट करदातालाई सम्मान

यसैबीच, धनगढी उपमहानगरपालिकाले सडक विस्तारका क्रममा सडक सिमानामा परेका घर सहितका भौतिक संरचना आफैं भत्काउने तथा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
सोमबार चौथो नगरसभा समापनका अवसरमा सडक क्षेत्रमा परेको संरचना आफै भत्काउने वडा नम्बर २ का डम्बर देवी भट्ट र वडा नम्बर १ एलएन चौकका प्रकाशजंगबहादुर स्वा“रलाई सम्मान गरियो । नगर प्रमुख वड तथा उपप्रमुख मिश्रले भट्ट र स्वारलाई सम्मानपत्र प्रदान गरेका थिए ।
त्यसैगरी धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी कर तिर्ने किशोर सिलवाल र नियमित कर तिर्ने अन्नपूर्णा देवि गुप्तालाई सम्मान गरियो ।
त्यस्तै, वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्रदान गर्ने स्थानीय अशोक पन्तलाई पनि सम्मान गरियो ।
त्यस्तै, उपमहानगरपालिकाका सबै १९ वटै वडामध्ये सबैभन्दा बढी राजश्व संकलन गरेवापत वडा नम्बर ४ का वडाध्यक्ष दिपककुमार थापाक्षेत्रीलाई पनि सम्मान गरियो ।
त्यस्तै, उपमहानगरपालिकाको आन्तरिक लेखा परीक्षण सहायक हेमराज भण्डारी, वडा नम्बर १ का लेखापाल कमला चन्द, प्रशासन शाखाका खरिदार महेशप्रसाद दाहाल, योजना शाखाका सहायक सब ईन्जीनियर निर्मलकुमार देउवा, स्वास्थ्य शाखाका अनमी पुष्पा ओझा, बारुणयन्त्र इकाईका काशीराम अर्याल, सरसफाई शाखाका पुष्पा भण्डारी, कार्यालय सहयोगिहरू भोजराज भट्ट, छोटुलाल चौधरी र टेकबहादुर कामीलाई पनि सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार