१० श्रावण २०८१, बिहीबार

टीकापुर नगरपालिका वडा ८ को सार्वजनिक सुनुवाई



टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ८ कोे आर्थिक वर्ष २०७५/०७६ को सेवा प्रवाह, कार्यक्रम र योजना सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार भएको छ ।


सार्वजनिक सुनुवाईमा सहभागीहरूले सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयमा आफ्ना जिज्ञासा तथा सवाल व्यक्त गरेका थिए ।
सो अवसरमा नया“राम बुढाले, टेक बहादुर साउद, जनक बोहरा, राम कृष्ण चौधरी, राम प्रसाद चौधरी, मनसरा साउद, धनसिंह साउद लगायतले विभिन्न विषयमा जिज्ञासा व्यक्त गरेका थिए ।
कार्यक्रममा भीम महर र रविन्द्र कठायतले टिप्पणी गरेका थिए ।
सार्वजनिक सुनुवाईमा वडाध्यक्ष दिर्घबहादुर ठकुल्लाले सहभागीले उठाएका जिज्ञासाको उत्तर दिएका थिए ।
कार्यक्रममा वडा सचिव जगतबहादुर चौधरीले वडाको आर्थिक वर्ष २०७५÷०७६ को नगरस्तरको ७० लाख, प्रदेशको तीन करोड १० लाख र संघीय सरकारको ३० लाख रुपैया बजेट रहेको बताए ।
सामुदायिक रेडियो टीकापुर एफएमले सहजीकरण गरेको कार्यक्रम सञ्चालन पत्रकार मातृका तिमिल्सनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार