१२ श्रावण २०८१, शनिबार

घोडाघोडी नगरपालिकाको सार्वजनिक सुनुवाई



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाको आर्थिक वर्ष २०७५÷२०७६ को सार्वजनिक सुनुवाई शनिबार भएको छ ।
कार्यक्रम नगर उपप्रमुख प्रेम कुमारी थापाको अध्यक्षतामा भएको थियो ।
सुआहारा फाया नेपालको सहयोग घोडाघोडी सहायता केन्द्रको सहजिकरण र नगरपालिकाको आयोजनामा कार्यक्रम भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका विषयगत शाखा अन्तरगत शिक्षा, स्वास्थ्य, कृषि, योजना, पशु, महिला तथा बालबालिका र स्वरोजगार केन्द्रले वर्षभरी गरेका वार्षिक कार्यक्रमबारे सहभागीहरूलाई जानकारी दिएका थिए ।
शाखाहरूले गरेका कामहरूको बारेमा जानकारी दिने क्रममा सहभागीहरूले सम्बन्धी शाखाका प्रमुखहरूलाई सुझाब, सल्लाह तथा जिज्ञासा समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार