१२ श्रावण २०८१, शनिबार

राजश्व स्रोत अभिबृद्धि कार्ययोजनाबारे अन्तक्र्रिया



धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा राजश्व श्रोत अभिबृद्धी कार्ययोजना सम्वन्धी अन्तरक्रिया शनिवार भएको छ ।


दुई दिनसम्म चलेको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, ब्यापारी, उद्यमी, उद्योग बाणिज्य संघका प्रतिनिधी, राजश्व शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटाले करका दरमा बृद्धी भन्दा करको दायरा बिस्तार गरिने बताए ।
प्रमुख प्रशासकिय अधिकृत सापकोटाले यस पटक नीति मै समावेश गरेर सामान्य भए पनि घर बहाल कर उठाउने योजनामा रहेको बताए ।
उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख लेखनाथ ओझाले नगरबासीलाई तिर्न समस्या हुने गरी उपमहानगरपालिकाले कर नलगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार