११ श्रावण २०८१, शुक्रबार

आवश्यक सामग्री सहित तयारी अवस्थामान बस्न सुरक्षा संयन्त्रलाई निर्देशन



धनगढी । सुदूरपश्चिम प्रदेश बिपद ब्यवस्थापन परिषदको बैठकले लगातार बर्षा भइरहेका कारण बिपद आउन सक्ने भएकोले आवश्यक सामग्री सहित तयारी अवस्थामान बस्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएको छ ।
प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा रहेको बिपद ब्यवस्थापन परिषदको शनिबार धनगढीमा बसेको बैठकले बर्षायाममा प्रदेश भरी हुन सक्ने बाढी, पहिरो र डुबान लगायतका समस्यालाई मध्यनजर गर्दै तयारी अवस्थामा बस्न निर्देशन दिएको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा भएको बैठकले बिपद जोखिम कम गर्न आवश्यक राहत, उद्धार तथा बन्दोबस्तीका सामानसहित तयारी अवस्थामा रहन सम्पूर्ण स्थानीय तह, स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार