११ श्रावण २०८१, शुक्रबार

अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा वितरण



धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ भित्रका अपांगता भएका व्यक्तिहरुलाई बाख्रा, फलफुलका बिरुवा र फर्निचर बनाउने सामान बितरण गरिएको छ ।


चिडियाताल अपांगता समुह घोडाघोडीको समन्वय र परिलक्षित फर्वार्ड लुकिङ् संस्था ललितपुर सहयोगमा बाख्रा, फलफुलका बिरुवा र फर्निचर बनाउने सामान बितरण गरिएको हो ।
तीन जनालाई बाख्रा, एक जनालाई फर्निचर बनाउने सामान र छ जनालाई फलफुलका बिरुवा आप, लिचि र अनार बितरण गरिएको परिलक्षित फर्वार्ड लुकिङ् संस्थाका सामाजिक परिचालक पुष्पा रोकायले बताए ।
अपांगता भएका व्यक्तिहरुको आर्य आर्जनमा बृद्धिका साथै जिबिको पार्जन टेवा पुर्याउने उदेश्यले बितरण गरीएको उनले जानकारी दिए । उनिहरुले माग गरे अनुसार बाख्रा, फलफुलका बिरुवा र फर्निचर बनाउने सामान बितरण गरेको बताईएको छ ।
अपांगताको क्षेत्रमा काम गर्ने परिलक्षित फर्वार्ड लुकिङ् संस्थाले कैलाली जिल्लाका बिभिन्न गाउ“पालिका र नगरपालिकामा भित्रमा बिभिन्न किसिमको सहयोग गर्दे आएको छ । चिडियाताल अपांगता समुह घोडाघोडी अध्यक्ष सुश्मा भण्डाराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिका वडा नम्बर २ का वडा सदस्य गिता सुनार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार