११ श्रावण २०८१, शुक्रबार

विप्लव अखिलका जिल्ला अध्यक्ष पुनः पक्राउ



धनगढी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन ‘अखिल क्रान्तिकारी’का कैलाली जिल्ला अध्यक्ष बबरजंगबहादुर सिंह पुनः पक्राउ परेका छन् ।


सर्वोच्च अदालतले उनलाई शुक्रबार अपराधिक उपद्र मुद्दामा थुना मुक्त गर्न आदेश दिएको थियो । कैलाली जिल्ला अदालतमा हाजिर भएका सिंह प्रहरीलाई झुक्याएर मोटरसाईकलमा घुईया“घाट पुगेका थिए । अदालत बाहिर सिंहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीले उनी अदालतबाट गइसकेको थाहा पाएपछि खोजी गर्दै जा“दा घुईया“घाटबाट पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।
कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार सिंहविरुद्ध कञ्चनपुरमा जिल्ला अदालतमा सार्वजनिक अपराध अन्र्तगतको मुद्दा दर्ता भएकाले पक्राउ गरिएको हो । प्रवक्ता वस्नेतले सिंहलाई पक्राउ गरि प्रहरीले कञ्चनपुर पठाउने तयारी गरेको बताए ।
यसअघि बैशाख २७ गते सिंहलाई शशस्त्र प्रहरी वलले धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबा माध्यमिक विद्यालय परिषरबाट पक्राउ गरेको थियो । विद्यालयमा शुल्क वृद्धिको विरोध गरिरहेका बेला उनलाई पक्राउ गरिएको थियो ।
यता, पक्राउ परेको विद्यार्थी नेता सिंहले आफुलाई प्रहरीले झुटो आरोप लगाएर पक्राउ गर्न लागेको अदालतमै पत्रकार सम्मेलन गरेर बताए । ‘यो कस्तो लोकतन्त्र हो । हामीले स्वतन्त्र बा“च्न पाउने अधिकार छैन । अहिले अदालतले मलाई थुनामुक्त गरेको छ तर, बाहिर प्रहरी मलाई झुटो मुद्दा लगाएर पक्राउ गर्न बसेको छ’ उनले भने ‘यस्तो प्रवृति त राणा शासनमा हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार