११ श्रावण २०८१, शुक्रबार

गुडिरहेको स्कूल बसमा रुख खस्यो



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको वनसमितिमा गुडिरहेको स्कूल बसमाथि शुक्रबार रुख खसेको छ ।


वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको से १ क ९०३१ नम्बरको बसमाथि रुख खसेपछि दुई जना विद्यार्थी सामान्य घाइते भएका थिए । बसमाथि रुख खसे पनि सबै विद्यार्थी सकुशल रहेको प्रहरीले जनाएको छ ।
स्कूल बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छोड्न गइरहेको थियो । सामान्य घाइते भएका २ जना विद्यार्थीको उपचारपछि घर अभिभावकको जिम्मा लगाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार