१२ श्रावण २०८१, शनिबार

कृत्रिम गर्भाधान तालीम



धनगढी । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) र पशु सेवा तालिम केन्द्र धनगढीको आयोजनामा दुई हप्ते कृतिम गर्भाधान तालिम शुक्रबार समापन भएको छ ।


नेल्टा र केन्द्रको आयोजनामा सो तालिम भएको थियो । तालिम समापना अवसरमा नेल्टा सुदूरपश्चिम संयोजक लालबहादुर बोहरा, पशू सेवा तालिम केन्द्र वरिष्ठ पशु चिकित्सक डाक्टर बसन्तबहादुर सिंंह, ट्रेड युनियन कांग्रेस कैलालीका अध्यक्ष ज्ञानेन्द्र शाह, पशुपन्छी अन्वेषण प्रयोगशालाका प्रमुख डाक्टर विष्णु धिताल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु विकास अधिकृत डाक्टर विपी खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तालीममा कैलाली, कञ्चनपुर र बैतडीका १७ जना पशु प्राविधिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार