१० श्रावण २०८१, बिहीबार

उम्मेदवारहरूले अझैं खर्च विवरण बुझाएनन्



धनगढी । कैलालीका एक हजारभन्दा बढी निर्वाचनका उम्मेदवारले निर्वाचन फच्र्छौट विवरण निर्वाचन कार्यालयमा बुझाएका छैनन् ।


स्थानीय तहको निर्वाचन भएको दुई वर्ष र प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन भएको एक वर्ष बढी भइसक्दा समेत निर्वाचन कार्यालयमा एक हजार तीन सय ३७ जना उम्मेदवारले विवरण नबुझाएको निर्वाचन कार्यालयले जनाएको हो ।
निर्वाचन आयोग नियमावली २०७३ ‘ऐनको दफा २५ को उपदफा (१) बमोजिम निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने दायित्व भएको राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले तीस दिनभित्र अनुसूची–५ को ढा“चामा आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने’ उल्लेख छ ।
निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टका अनुसार कैलाली जिल्लामा प्रतिनिधी सभामा ४३, प्रदेशमा ७३ र स्थानीय तहमा तीन हजार चार सय ४७ जना उम्मेदवार रहेका थिए । निर्वाचन कार्यालय कैलालीका अनुसार तोकिएकै म्यादभित्रमा विवरण बुझाउनेमा प्रतिनिधी सभाका ३१, प्रदेशका ४८ र स्थानीय तहका एक हजार सात सय ४७ जना उम्मेदवार रहेका छन् । यस्तै तोकिएको म्यादपछि विवरण बुझाउनेमा प्रदेशका चार र स्थानीय तहका चार सय चार जना उम्मेदवार रहेका छन् ।
निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले विवरण नबुझाउनेमा प्रतिनिधी सभाका १२, प्रदेशका २४ र स्थानीय तहका एक हजार तीन सय एक जना उम्मेदवार रहेको बताए ।
कार्यालयका अनुसार यस आर्थिक वर्षको असार २६ सम्म कैलालीमा २३ हजार सात सय १८ मतदाता थप भएका छन् ।
निर्वाचन कार्यालयले शुक्रबार लोकतन्त्र र निर्वाचन विषयक सरोकारवालाहरुसंग अन्र्तक्रिया तथा वार्षिक प्रगति समिक्षा कार्यक्रममा कार्यालय प्रमुख भट्टले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय सुखड र टीकापुर तथा शिविरबाट गरि जिल्लामा मतदाता थप गरिएको बताए ।
कार्यालयको प्रगति विवरण प्रस्तुत गर्दै भट्टले निर्वाचन कार्यालयमा दुई सय ३१ महिला र तीन सय १९ पुरुष गरि पा“च सय ५० मतदाता, जिल्ला प्रशासन कार्यालयबाट पा“च हजार चार सय ४५ महिला, पा“च हजार चार सय ९२ पुरुष र एक तेस्रो लिङ्गी गरि ११ हजार ३८, ईलाका प्रशासन कार्यालय टीकापुरमा चार हजार ४० महिला र तीन हजार नौ सय १२ पुरुष गरि सात हजार नौ सय ५२ र सुखडबाट एक हजार पा“च सय ८५ महिला र एक हजार छ सय ३४ पुरुष गरि तीन हजार दुई सय १९ जना मतदाता थपिएको बताए ।
त्यस्तै कैलालीको गोदावरी र सहजपुरमा गरिएको शिविरबाट पा“च सय पा“च महिला र पा“च सय ४५ पुरुष गरि नौ सय ५९ मतदाता थपिएको बताए । कार्यालयले एक वर्षको अवधिमा ८२ जनाको ठाउ“सारी र ५१ जनाको मतदाता परिचयपत्र सच्याउने काम गरेको पनि बताए ।
यस्तै निर्वाचन कार्यालयमा १५ वटा राजनीतिक दलहरुले मात्र अध्यावधिक गरेको जनाइएको छ ।
प्रमुख भट्टले कार्यालयले सबै नागरिकलाई मतदानको अधिकार प्राप्तीका लागि मतदाता शिक्षा कार्यक्रम पनि गरेको बताए । उनका अनुसार जिल्लाको छ वटा विद्यालयमा मतदाता शिक्षा, कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा स्टल लगायतका कार्यक्रम गरेको थियो ।
कार्यक्रममा बोल्दै राजनीतिक दलहरुले मतदान केन्द्र कतै थप्नु पर्ने र कतै घटाउनुपर्ने भएकाले कार्यालयले यसमा ध्यान दिनुपर्ने, विदेशीमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार प्राप्त गराउने वातावरण मिलाउनुपर्ने, कार्यालयले चैत–बैशाख र असोज कार्तिक महिनामा स्थानीय तहमै मतदाता परिचयपत्र बनाउने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव राखेका थिए ।
कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका दीर्घराज जोशी (कापडी), नेपाली का“ग्रेसका दीपका जोशी, दलित महिला अधिकार मञ्चकी सावित्रा घिमिरे, मदनप्रसाद बडायक लगायतले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार