१२ श्रावण २०८१, शनिबार

रुडुकद्वारा हावाहुरी पीडितलाई सहयोग



धनगढी । महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीले विनासकारी हावाहुरीबाट पीडित भएका विपन्न समुदायलाई खाद्यान्न लगायतका सामाग्री उपलब्ध गराएको छ ।


रुडुकले गत जेठ २३ गते कैलाली र कञ्चनपुरमा आएको विनासकारी हावाहुरीले पीडित भएका विपन्न समुदायलाई खाद्यान्न, जस्तापाता, स्टेशनरी तथा गर्भवती र सुत्केरीलाई पौष्टिक आहार उपलब्ध गराएको हो ।
हावाहुरी पश्चात् उपलब्ध गराउ“दै आएको सहयोग अझै जारी रहेको रुडुक कैलालीकी अध्यक्ष ममता शाहले बताएकी छन् । रुडुकले विनासकारी हावाहुरीबाट पीडित अति विपन्न समुदायको पहिचान गरी उनीहरुकै घरदैलोमा पुगेर राहात सामाग्री वितरण गर्ने गरेको अध्यक्ष शाहले बताइन् ।
अध्यक्ष शाहले मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर २ की पुना नागरीलाई घरको छाना छाउन १४ थान जस्तापाता तथा सोही वडाकी सुनिता सिंह, नीरा नेपाली, रिता विष्ट, अनामिका चौधरी र पदमा कामीलाई १५ किलोग्राम चामल, ३ किलोग्राम दाल, २ लिटर तेललगायतका खाद्यान्न सामाग्री उपलब्ध गराएको जानकारी दिइन् ।
त्यसैगरी, धनगढी उपमहानगरपालिका वडा नम्बर ३, बडराका काशीराम विकलाई १२ थान जस्तापाता तथा वडा नम्बर १२ की पारुदेबी कु“वरलाई १६ थान र भोजिया चौधरी र सुन्दरी राजीलाई १४÷१४ थान जस्तापाता उपलब्ध गराएको छ ।
विनासकारी हावाहुरी पश्चात् विभिन्न टोलमा खाद्यान्न, बालबालिकालाई स्टेशनरी तथा गर्भवती र सुत्केरीलाई पौष्टिक आहारा उपलब्ध गराएको र अझै हावाहुरीबाट पीडित भएका अति विपन्न वर्गको पहिचान गरी तत्कालका लागि घामपानीबाट बच्न जस्तापाता लगायतका सामाग्री वितरण गरिरहेको अध्यक्ष शाहले बताएन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार