१२ श्रावण २०८१, शनिबार

स्थानीयतहको समन्वय बैठक धनगढीमा सम्पन्न



धनगढी । कैलालीका स्थानीयतहहरुको समन्वय बैठक मंगलबार धनगढीमा सम्पन्न भएको छ ।
बैठकले जिल्लामा नमुना कृषी फर्मको विकास गर्ने, बिगतमा समन्वय बैठकमा भएका निर्णयहरुलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने लगायतका निर्णय गरिएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । कैलालीका स्थानीयतहहरुको हरेक महिना नियमित बैठक बस्ने गर्दछ नगरप्रमुख वडले भने, यस पटक बैठकको संयोजन धनगढी उप–महानगरपालिकाले गरेको हो ।
सोही बैठकमा चिनको सेजुविङ्ग प्रान्तको एक कृषी कम्पनी संग कैलाली जिल्लामा ब्यावसायीक कृषी फर्म संचालनका बिषयमा छलफल भएको जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले बताए । सेजुविङ्ग होल्डिङ्ग ग्रुपले केहि समय कैलाली जिल्लाको कृषी सम्भाब्यता र भौगोलिक सम्भाब्यताका बारेमा अध्ययन गर्ने पनि संयोजक थापाले बताए ।
सेजुविङ्ग होल्डिङ्ग ग्रुप चिनको निकै ठूलो कम्पनी हो कम्पनीका अध्यक्ष लियो यून फेयीले भने, यहाँको सबै सम्भाब्यताको अध्ययन गरेर काम गर्ने नगर्ने कुरा जानकारी गराउँछौं । अध्यक्ष लियो यून फेयीले आफ्नो कम्पनीका बारेमा जानकारी गराएका थिए । आफ्नो अध्ययन पुरा गरेपछि मात्रै नेपाल सरकारले कुन ठाउँमा कसरी सहयोग गर्न सक्छ भन्ने बिषयमा छलफल गर्ने अध्यक्ष फेयीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार