२६ आश्विन २०८१, शनिबार

पुरचौडी नगरपालिकामाअज्ञात समुहको तालाबन्दी



पाटन । बैतडीको पुचौडी नगरपालिकाको कर्यालय र वडा कार्यालयहरुमा अज्ञात समुहले तालाबन्दी गरेको छ ।


सोमबार बिहान कार्यालय खोल्न जाने बेला नगरपालिका लगायत १० वटै वडाहरुहरुमा अज्ञात समुहले ताला लगाएको पाईएको नगरपालिकाले जानकरी दिएको छ ।
ताला लगाइएका दुईवटा वडाहरुमा संकास्पद वस्तु समेत फेला परेको वडा नं ३का अध्यक्ष एवं नगर प्रवक्ता दलबहादुर धामीले जानकारी दिए । वडा नं ३ र ५ को कार्यालयमा रातो कपडाले बेरेको संकास्पद बस्तु फेला परेको उनको भनाइ छ ।
भेटिएको संकास्पद वस्तु अहिलेसम्म निष्क्रिय पारिएको छैन । पुचौडी नगरपालिकाको कार्यालयमा लागेको ताला नगरप्रमुख र उप –प्रमुखले पुरघँट प्रहरिचौकी पुचौडी हाटको सहयोगमा ताला खोले पनि अन्य वडा कार्यालयमा खोल्न नसकिएको नगरपालिकाले जानकारी दिएको छ । ताला कसले लगायो भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।
अज्ञात समुहले राती ताला लगाएको आशंका गरिएको छ । यो विषयमा नगरपालिकामा बैठक बसिरहेको छ ।
तालाबन्दीको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले नगरपालिकाका प्रत्येक वडाहरुमा लागेको ताला खोल्न पुरघाट प्रहरी चौकी हाटलाइ निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार