१२ श्रावण २०८१, शनिबार

डोटीमा स्थानीय तहका लोकप्रिय कार्यक्रम



डोटी । डोटीको बोगटान गाउँपालिकाले अभिभावक बिहिन टुहुरा बालबालिकाहरुलाई अध्यायन लगायत पालन पोषणको सम्पुर्ण जिम्मेवारी ब्यहोर्ने निर्णय गरेको छ ।

आगामी आर्थिक बर्षभित्र अभिभावक बिहिन बालबालिकाहरुलाई आवासीय अध्ययनको लागि बिद्यालयसंग कुरा भइरहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए । “गाउँपालिका भरी रहेका अभिभावक बिहिन १२ जना भन्दा बढी बालबालीकाहरुको सम्पुर्ण खर्च ब्यहोर्ने गरी बजेटको ब्यबस्था गरेका छौ ।” उनले जानकारी दिए ।
यसैगरेर बोगटान गाउपालिकाले गरिवसंग अध्यक्ष कार्यक्रम अन्तरगत दुई बर्षभित्र गाउँपालिका भित्रका बिभिन्न वडाहरुमा रहेका खरको छाना भएका घरहरु हटाएर टिनको छाना लगाउने कार्यक्रम ल्याईएको छ । महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तरगत बिभिन्न कृयाकलाप गरिने बताईएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिकाले आगामी आर्थिक बर्षलाई पानी र बृक्षारोपण बर्षको रुपमा मनाउने भएको छ । दिपायल सिलगढी नगरपालिकी प्रमुख मञ्जु मलासीले भनिन– “नगरपपालिका बिभिन्न वडाहरुमा रहेको खानेपानीको समस्या निराकरण गर्नु हाम्रो मुख्य उद्देश्य हुनेछ त्यसका लागी खानेपानी योजना, निर्माण मर्मत र बृक्षारोपणमा हामी केन्द्रित हुनेछौ ।”
जिल्लाका बिभिन्न स्थानीय तहहरुले भौतिक निर्माणका कामहरुलाई मुख्य प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको भएपनि गत बर्षको तुलनामा आबश्यकतामा आधारित योजनाहरु यसबर्ष बढी परेको बताइएको छ ।
डोटीकै पुर्वीचौकी गाउपालिकाले कृषकसंग अध्यक्ष कार्यक्रम अन्तरगत ब्यबसायिक रुपमा उत्कृष्ठ काम गर्ने गाउँपालिका भित्रका कृषकलाई पुरस्कार दिने योजना ल्याएको छ । डोटीकै केआईसिंह गाउँपालिकाले पत्रकार कल्याण कोष, दलित संग अध्यक्ष कार्यक्रम ल्याएको छ । साथै सुकुम्वासीहरुलाई गाउँपालिकाले एकिकृत बस्ती बनाएर ब्यबस्थापन गर्ने र उक्त बस्तीलाई पर्यटन संग जोड्ने कार्यक्रम ल्याएको छ ।
यसैगरी डोटीको सायल गाउँपालिकाले आगामी आर्थिक बर्षलाई युवा स्वरोजगार र पर्यटन केन्द्रित बर्षका रुपमा मनाउने भएको छ । सायल गाउपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले भने – हाम्रो गाउँपालिका यस क्षेत्रकै पर्यटकिय स्थल खप्तडसंग जोडिएको गाउँपालिका पनि हो । पर्यटन, युवा स्वरोजगार लगायतका बिषयलाई हामीले प्राथमिकतामा राखेका छौ । सायल गाउँपालिकाले एचआईभी संक्रमित ब्यक्तिहरुलाई बार्षिक रुपमा पाँच हजारका दरले उपलब्ध गराउने निर्णय गरेको समेत गरेको छ ।
आगामी आर्थिक बर्षका लागी डोटी जिल्लाका बिभिन्न ९ वटा स्थानीयतहहरुले तीन अरव २२ करोड रुपैयाँको अनमुमानीत बार्षिक बजेट बिनियोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार