१२ श्रावण २०८१, शनिबार

खोलामा डुबेर वालिकाको मृत्यु



धनगढी । बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डा खोलामा खोलामा डुबेर एक वालिकाको मृत्यु भएको छ ।

सोमबार दिउँसो नुहाउने क्रममा स्थानीय कमल विककी ५ वर्षीया छोरी यशोदा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोही खोलामा डुबेर स्थानीय गणेश शाहीकी १२ वर्षीया छोरी लक्ष्मी शाही घाइते भएकी छन् । कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले घाईते शाहीलाई उपचारका लागि कोहलपुर लगिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार