१२ श्रावण २०८१, शनिबार

माइक्रोको ठक्करबाट महिलाको मृत्यु



धनगढी । गौरीगंगा नगरपालिका–४, राजीपुरमा माइक्रोबसको ठक्करबाट एक महिलाको घटना स्थलमै मृत्यु भएको छ ।


पूर्वपश्चिम राजमार्गमा गुडिरहेको माइक्रोले सोमबार साँझ राजिपुर चौकमा ठक्कर दिंदा स्थानीय ५० बर्षीया गौरी नेपालीको मृत्यु भएको हो । धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ४०३१ नम्वरको माईक्रोले नेपालीलाई ठक्कर दिंदा उनको शरिरबाट टाउको छिनालिएको छ ।
माईक्रो र चालक राजु गिरीलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चौमलाले जनाएको छ । घटनाको विरोधमा स्थानीयले पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार