१२ श्रावण २०८१, शनिबार

महिलालाई ड्राइभिङ तालिम



धनगढी । धनगढी उपमहानगरपालिकाले महिलाका लागि सञ्चालन गरिएको ड्राईभिङ तालिम बुधबार सकिएको छ । तालिममा बिपन्न तथा सिमान्तकृत समुदायका ३० जना महिलाको सहभागिता रहेको थियो ।

एक महिनासम्म संचालन गरिएको निःशुल्क ड्राईभिङ तालिमको बुधवार धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले समापन गरेका थिए ।
गरिव तथा बिपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि निःशुल्क ड्राईभिङ तालिम संचालन गरेको उनले बताए ।
कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष नारायणप्रसाद बरालले आगामी आर्थिक बर्षमा पनि महिलाहरुलाई आत्मनिर्भर बनाउने खालका तालिम संचालन गरिने बताए ।
धनगढी उपमहानगरपालिकाको सहयोगमा शिवशक्ती ड्राईभिङ सेन्टरले सो तालिम संचालन गरेको थियो ।
त्यसैगरी अपाङ्ग असहाय ब्यक्तिका लागि संचालन गरिएको दुई महिने सिलाई कटाई तालिम पनि बुधबार समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार