१२ श्रावण २०८१, शनिबार

डिजिटल सूचना प्रवाह सम्बन्धी तालिम



धनगढी । धनगढीमा महिलाहरुका लागि सञ्चालित डिजिटल सूचना प्रवाह सम्बन्धी पाँच दिने तालिम बुधबार समापन भएको छ ।
धनगढी उपमहानगरपालिका, क्षेत्रीय शहरी विकास आयोजनाको आर्थिक सहयोग तथा न्यायिक एकता समाज कैलालीको आयोजनामा भएको तालिमको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले समापन गरेका थिए ।
सो अवसरमा नगर प्रमुख वडले नगरभित्र सञ्चालन हुने योजनाहरुको गुणस्तर, कामको गति लगायतका विषयमा स्थानीयहरुको निगरानी आवश्यक रहेको बताए ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रममा देवकी चटौत ओझा, गरिमा सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सिर्जनशील समाज नेपालका अध्यक्ष भेष बमले स्वागत गरेको कार्यक्रमको सञ्चालन अशोक कु“वरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार