११ श्रावण २०८१, शुक्रबार

बझाङमा सूचना प्रविधि विस्तार



बझाङ । स्थानीय तह बनेको झण्डै अढाई बर्ष पछि बझाङका तीन स्थानीय तहमा तिव्र गतिको ईन्टरनेट सेवा विस्तार भएको छ ।
नेपाल टेलिकमको सहकार्य तथा बझाङका बित्थडचिर गाउ“पालिका, केदारस्यु गाउ“पालिका र दुर्गाथली गाउ“पालिकाको आर्थिक लगानीमा तिव्र गतिको ईन्टरनेट सेवा विस्तार गरिएको हो ।
तिनवटै स्थानीय तहका सूचना प्रविधि अधिकृत नरेश महरा, लेखराज रावल र प्रकाश भण्डारीको प्राविधिक सहयोगमा ईन्टरनेट सेवा जडान गरिएको बित्थडचिर गाउ“पालिका सूचना अधिकृत नरेश महराले बताए ।
तिब्रगतिको इन्टरनेट सेवाले बझाङका तिनै स्थानीय तहहरु लाई सुचनाको पहुचमा ल्याउन सहयोग पुगेको छ । लामो समयसम्म ईन्टरनेट सेवाको पहु“चमा नपुगेका स्थानीय तहहरु तिव्र गतिको विस्तारीत ईन्टरनेट सेवा देखि खुसि भएका छन् ।
ईन्टरनेट सेवाको अभावका कारण बझाङका धेरैजसो स्थानीय तहहरुले आफनो सुचना प्रवाह गर्न सास्ती खेपिरहेका थिए । स्थानीय तहमा ईन्टरनेट सेवा नहुदा अन्य सरकारी कार्यालय बाट प्राप्त हुने सुचना, सन्देश तथा पत्रहरु प्राप्त गर्न महिनौ लाग्ने बाध्यताको अन्त्य भएको अधिकृत महराले बताए ।
उनले भने केही सुचनाको जानकारी लिनुपर्ने अवस्था आएमा सदरमुकाम तिरै धाउनु पर्ने बाध्यता रहेको थियो, अब त्यस्तो रहेन कार्यालयमै बसि सजिलै सूचना प्राप्त गर्ने सकिन्छ ।
यस्तै नया“ आर्थिक बर्षको सुरुवातमै तिनै स्थानीय तहका सबै वडा कार्यालयमा तिब्र गतिको ईन्टरनेट सेवा विस्तार गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार