१२ श्रावण २०८१, शनिबार

सर्पदंशबाट एक महिलाको मृत्यु



डोटी । सर्पले टोकेर डोटीमा एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका वडा नम्बर २ को कालागाडका रामबहादुर कार्कीकी श्रीमती ४२ वर्षीया जमुनादेवी कार्कीको बुधबार सर्पदंशबाट मृत्यु भएको बताइएको छ ।

बिहान ९ बजेतिर खेतमा काम गर्न जाने क्रममा सर्पले टोक्दा उनको उपचारका लागि सवा ११ बजेतिर सुजंग अस्पताल राजपुरमा पु¥याइएको र थप उपचारका लागि नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटरमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार गराउने क्रममा डेढ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
प्रहरी मुचुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरिक्षक सुरेन्द्र बमको टोली मृत्यु भएको स्थलतर्फ पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार