१२ श्रावण २०८१, शनिबार

विप्लवमाथि दमन बढाएर सरकारले द्वन्द्व बढायोः केस संग्रौला



धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले सरकारले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूमाथि गोली चलाएर पुनः द्वन्द्व बढाएको आरोप लगाएकी छिन् ।

केन्द्रीय सदस्य संग्रौलाले सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न गम्भीर हुनुको साटो आफैं हत्याहिंसा बृद्धि गर्न उद्यत रहेको आरोप लगाइन् ।
नेपाल प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले वार्ताका माध्यमबाट समाधान खोज्नुको साटो सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर निरंकुश शैली देखाएको आरोप लगाइन् ।
नेतृ संग्रौलाले सरकारले ल्याएका सञ्चार विधेयक, गुठी विधेयक, मानवअधिकार विधेयक लगायतले लोकतन्त्रलाई कमजोर बनाउने चर्चा गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार