११ श्रावण २०८१, शुक्रबार

आधारभूत पत्रकारिता तालिम



धनगढी । धनगढीमा बुधबारदेखि आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित तालिमको बुधबार एक संक्षिप्त कार्यक्रमबीच उपमहानगर प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।


सो अवसरमा नगर प्रमुख वडले सुशासन सहितको उपमहानगरपालिका निर्माणका लागि प्रत्येक वडामा प्रेसको निगरानी बृद्धि गर्नुपर्ने बताए ।
नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश शिवराज खत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
युनियनका कैलाली जिल्ला सदस्य कृतबहादुर बिष्टले संचालन गरेका कार्यक्रममा युनियनका सदस्य कैलाश कठायतले स्वागत गरेका थिए ।
युनियनले यसअघि पहिलो चरणमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७, १२, १४, १५, १६, १७, १८ र १९ गरी आठ वडाका ४० जनालाई आधारभूत पत्रकारिता तालिम दिइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार