११ श्रावण २०८१, शुक्रबार

खुटिया सडकमा स्कारपियाेले ठक्कर दिंदा युवतीकाे मृत्यु, एक घाइते



धनगढी । धनगढी–स्याउले (खुटिया) सडक खण्डमा स्कारपियोले ठक्कर दिंदा एक युवतीकाे घटना स्थलमै मृत्यु भएको छ । अर्की युवती जना घाइते भएकी छिन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ८ स्याउले नजिक से १ च १५३६ नम्वरको स्कारपियोको ठक्करबाट गोदावरी नगरपालीका वडा नम्वर ९ कि मन्थरा खडायतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कारपियोको ठक्करबाट सोही ठाउँकी सिमा विक घाईते भएकी जिल्ला प्रहरी कार्यालयक कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए । उनको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्करदिने गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चालकको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार