हावाहुरी पीडितलाई राहत वितरण
धनगढी । ओमन नेपाली एकता समाज र युएई नेपाली एकता समाजको आर्थिक सहयोगमा राष्ट्रिय जनमोर्चा सुदुरपश्चिम प्रदेशले कैलालीका हावाहुरी पीडितलाई राहत वितरण गरेको छ ।
गत जेठ २३ गते कैलाली र कञ्चनपुराका विभिन्न स्थानमा बिनासकारी हावांहुरिबाट अति प्रभावित २५ परिवारलाई बिहिबार अत्तरियामा एक कार्यक्रम आयोजना गरी समान्य राहत वितरण गरेको हो । जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टको अध्यक्षताका भएको कार्यक्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा प्रदेश ईन्चार्ज मनोज भट्टले राहत वितरण गरेका थिए ।