१२ श्रावण २०८१, शनिबार

लागू औषध ओसारपसार विरुद्धको दिवस मनाइयो



धनगढी । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कैलालीसहित देशभरी बुधबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।


विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक बर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ ।
‘स्वास्थ्यका लागि न्याय, न्यायका लागि स्वास्थ’ भन्ने नारासहित यो दिवस विश्वभर मनाइदै आएको छ । नेपालमा भने ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वास्थ्य जीवन’ भन्ने नारा गरिएको छ । दिवसका अवसरमा विविध जनचेतनामुलुक कार्यक्रम गरिएको थियो ।
यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीको रातोपुलदेखि प्रशासन कार्यालयसम्म प्रभातफेरीको आयोजना गरेको थियो । प्रभातफेरीमा प्रशासन कार्यालयका कर्मचारी, नेपाल प्रहरी, शशस्त्र प्रहरी, पूर्व प्रहरी, विद्यार्थी, संघ÷संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै यज्ञराज बोहराले दिवसको अवसरमा विभिन्न निकायबाट जनचेतनाका लागि सिमा नाकामा चेकजा“च, भा“गका बोटहरुको नष्ट, समुदायसंग प्रहरी लगायतका कार्यक्रम गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार