११ पुष २०८१, बिहीबार

सामाजिक संजालमा युवा संलग्नता र संभावित जोखिम विषयमा संवाद



टीकापुर । किशोरकिशोरीलाई साइबरको जोखिमबाट बचाउन जानकी गाउँपालिकाको वडा नम्बर २ खैरेनीमा सामाजिक संजालमा युवाको संलग्नता र संभावित जोखिम विषयमा संवाद कार्यक्रम भएको छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा युवा संलग्नता बढ्दै गएको र जोखिमका बारेमा सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष रामकृष्ण थारुले बताए ।
सोमबार भएको कार्यक्रममा टीकापुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट््टले सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु र दुरुपयोग गर्दा हुने सजायका बारेमा जनाए । उनले सामाजिक सञ्जालमा अरुको बदनाम गर्ने, गलत कुरामा लाइक, कमेन्ट गर्दा पनि नगद जरिवाना र जेल सजाय हुने भएकाले सचेत रहन आग्रह गरे ।
उनले सामाजिक सञ्जालको सदुपयोग गर्न सके दैनिक जीवनमा सजिलो हुने र प्रयोग गर्न नजाने सजायको भागिदार हुने बताए । अर्का सहजकर्ता सामुदायिक रेडियो टीकापुर एफएम एकिन्द्र तिमिल्सिनाले सामाजिक सञ्जालबारे अनभिज्ञ अभिभावकका केटाकेटी र मोवाइल बोक्ने किशोरकिशोरीहरु अपराधको जोखिममा रहेका बताए ।
आर्दश माध्यामिक विद्यालय खर्गाैलीका प्रधानाध्यापक दिवाकर झाले साईवर क्राईमको समस्या न्युनीकरणको लागि आफ्नो विद्यायलमा साईवरक्राईम सम्बन्धी छलफल चलाउने बताए। उनले प्रत्येक विद्यालयमा साइवरक्राईम सम्बन्धि छलफल चलाउन आवश्यक रहेको बताए।
वडघर कृष्ण चौधरीले आफुहरुले मेलमिलापको भुमिका निर्वाह गर्नुपर्ने भएकोले आगामी दिनमा यस्ता खालका विषयमा प्रहरीसंग सहकार्य गरी अगाडि बढ्ने बताए। उनले साईवरक्राईमको बारेमा गाउ–गाउ मा छलफल चलाउन सके न्युनीकरण गर्नमा सहयोग पुग्ने बताए ।
विद्यार्थी पार्वती सुनारले कार्यक्रममा साईवरक्राइम अपराध र बच्ने उपायको बारेमा जानकारी पाउदा खुशी लागेको बताए ।
कार्यक्रम समापन गर्दै वडाध्यक्ष रामकृष्ण थारुले लागू औषधको कूलत भन्दा पनि सामाजिक सञ्जालको दुरुपयोग र साईवर क्राईमका बारेमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रम जानकी गाउँपालिका वडा नम्बर २ को आर्थिक सहयोग र सामुदायिक रेडियो टीकापुर एफएमको सहजीकरणमा भएको हो । कार्यक्रम जानकी गाउँपालिका वडा नं २ का ५ वटा विद्यालयका प्रधानाध्यापक, विद्यार्थीहरु, वडाभित्रका वडघर सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार