११ श्रावण २०८१, शुक्रबार

विद्यार्थीहरुका लागि नेतृत्व विकास तालिम



धनगढी । धनगढी उपमहानगरपालिका भित्र रहेका माध्यमिकतहका विद्यार्थीहरुका लागि सोमबारदेखि दुव्र्यशन, प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्वन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ ।
उपमहानगरको उपमेयरसंग किशोर किशोरी कार्यक्रम अन्तरगत ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) धनगढीले अभिमूखीकरणको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख नृपबहादुर वडले किशोर किशोरीहरुमा दुव्र्यशन र प्रजनन् स्वास्थ्यका बिषयमा जानकारी नभएपछि समस्या आउने गरेको बताए ।
कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्टले किशोर किशोरी नै भबिष्यका कर्णधार भएको बताईन । उनले भनिन्, यो देश हाक्ने जिम्मेवारी तपाईहरुको का“धमा आउ“छ । त्यसैले तपाईंहरुले अहिले देखि नै सकारात्मक सोचका साथ अगाडी बढ्नु पर्छ ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीका अध्यक्ष ममता शाहले किशोर किशोरी अबस्था भनेको महत्वपूर्ण अवस्था भएको बताईन । किशोर किशोरी अबस्थामा गरेको गल्तीका कारण जिवनभरी पश्ताचाप गर्न नपरोस भनेर दर्शन, प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्वन्धी अभिमुखीकरण दिन थालिएको बताईन । अभिमुखीकरणमा बिभिन्न विद्यालयका ५० जना भन्दा बढी किशोर किशोरी सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार