१० असार २०८१, आईतवार

जीप दुर्घटनामा परी ९ जनाकाे मृत्यु



बझाङ । बझाङको डौठीमा सोमवार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार मृत्यु हुनेमा एक बच्चा र एक बच्चीसहित ४ महिला ५ पुरुष छन् । प्रहरीका अनुसार जीपमा १३ जना  सवार थिए । ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी सूर्यबहादुर केसीले जीप भीरबाट खसेकाले उद्धारमा कठिनाइ भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले घाइतेको उद्धार गरी उपचारका लागि पठाउन हेलिकप्टर झिकाउन समन्वय भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार