१२ श्रावण २०८१, शनिबार

पानीको समस्या हल भएपछि वस्ती फर्कियो



अछाम । गाउँमा खानेपानीको समस्याका कारण अन्यत्र सरेको अछामको एक बस्ती पुनः गाउँमै फर्किएको छ । अछामको मेल्लेख गाउ“पालिका वडा नम्बर ४ कुस्कोटको गोलाभाटका बासिन्दा पुनः गाउ“मा फर्किएका छन् ।
गोलाभाटगाउँमा केही समय अगाडी पानीका मुहान सुक्दै गएपछि स्थानीयहरु अन्यत्र बसाई सरेका थिए । गाउ“मा पाईपद्वारा खानेपानी आपूर्ति हुन थालेपछि उनीहरु पुनः गाउंमै फर्किएका छन् ।
लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका गोलाघाटबासीका लागि गुरा“सेटाउका भन्ने स्थानबाट नौ किलोमिटर पाइपद्वारा खानेपानी ल्याइएको छ ।
स्थानीइ जीवन साउदका अनुसार गाउंमा पानीका मुहान सुक्दै गएपछि करिब डेढ घण्टा पैदल हिडेर नाउलोको पानी पिउन बाध्य रहेका थिए । अहिले खानेपानी योजाबाट ४३ घरधुरी लाभान्वित भएका छन् ।
खानेपानी योजना निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकार र मेल्लेख गाउँपालिकाबाट २३ लाख रुपैया खर्च भईसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार