१२ श्रावण २०८१, शनिबार

पारिश्रमिकमा आधारित सामुदायिक योजना शुरु



धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा आइतबारदेखि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना शुरु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउ“पालिकाका सबै सात वडामा एकैसाथ सो आयोजना शुरु भएको जनाइएको छ ।
जोशीपुर गाउपालिकाका प्रत्येक वडाबाट विपन्न तथा आयस्तर कमजोर भएका बेरोजगार युवाहरूलाई लक्षित गरि छानिएका योजना शुरु गरिएको गाउ“पालिकाले जानकारी दिएको छ ।
जोशीपुर गाउपालिकामा करिब चार हजारको हाराहारीमा रहेका बेरोजगार युवा मध्ये एक सय ६२ जनालाई रोजगारी प्रदान गर्ने लक्ष्यका साथ लागू भएको कार्यक्रमले ३० दिन रोजगारी प्रादन गर्ने छ ।
कार्यक्रमको वडा नम्बर ७ मा गाउ“पालिका अध्यक्ष रामकृष्ण चौधरीले उद्घाटन गरे । त्यस्तै, अन्य वडामा सम्बन्धित वडाध्यक्षले कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार