१२ श्रावण २०८१, शनिबार

गंगा दशहरामा स्वास्थ्य शिविर



बझाङ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा लागेको गंगा दशहरा मेलामा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौं सेवाग्राहीले निःशुल्क उपचार सेवा लिएका छन् ।
खप्तडमा तैनाथ रहेको श्री गुरुगोरख गुल्मले तीन दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
गंगा दशहरा मेला भर्न आएका भक्तजनलाई लक्षित गरी नेपाली सेनाले स्वास्थ्य शिविर आयोजना गरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ । शिविरमा आठ सय बढी बिरामीको निःशुल्क स्वास्थ्य सेवा लिएका थिए ।
शिविरमा नाक, कान, घा“टी, लगायतका बिरामीको संख्या बढी रहेको जनाइएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा प्रत्येक वर्ष जेठ शुक्ल दशमीका दिन उक्त गंगा दशहरा मेला लाग्ने गर्दछ । मेलाका लागि सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट भक्तजन तथा पर्यटक मेला भर्न आउने गर्दछन् ।
मेलामा आएकालाई बस्न, खानलागयत अन्य कुनै समस्या नहोस् भन्दै त्यहाँ रहेका सैनिकले पालको व्यवस्था गर्दै आएका छन् भने मेलामा आएकाका लागि वर्षेनी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार