१२ श्रावण २०८१, शनिबार

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु



धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक युवतिको मृत्यु भएको छ ।
घर पोत्नका लागि माटो खन्ने बेला माटोको ढिस्को खसेर टाउकोमा लाग्दा घोडाघोडी नगरपालिका वडा नम्बर ४ जनकपुरका बिष्णु भण्डारीकी १७ वर्षीया छोरी रेश्मा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको मेलघट्टी सामुदायिक बनमा माटो खनिरहेकोवेला ढिस्को खसेर युवतीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार