१० श्रावण २०८१, बिहीबार

कोल्डस्टोरमा आगलागी



धनगढी । कैलालीको घोडोघाडी नगरपालिका वडा नम्बर १०, पहलमानपुरमा रहेको निर्माणाधिन कोल्डस्टोरमा आगलागी भएको छ ।
कोल्डस्टोरका सञ्चालक रामबहादुर राउतले आगलागीबाट एक करोड रुपैया बढीको क्षती भएको दाबी गरे ।
सो कोल्डस्टोरमा साना तथा मझौता कृषक आयस्तर वृद्धि परियोजना (रिज्मएफपी) को तीन करोड रुपैया लगानी रहेको बताइएको छ ।
आगलागीपछि दमकल र प्रहरी तथा स्थानीयको संयुक्त प्रयासमा नियन्त्रणमा गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । निर्माणाधिन कोल्ड स्टोरको छेउमा ओल्डीनको काम भईरहेको र त्यसको झिल्का परेर आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार