१२ श्रावण २०८१, शनिबार

हाइड्रोसिल बिरामीको निःशुल्क शल्यक्रिया



धनगढी । धनगढी उपमहानगरपालिकाले हाइड्रोसिलका बिरामीका लागि निःशुल्क उपचार शिविर आयोजना गरेको छ । शिविरमा उर्मा र फुलबारीका ५९ जना हाईड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
उपमहानगरपालिकाले जेठ २५, २७ र ३२ गते हाईड्रोसिलका बिरामीका लागि शिविर आयोजना गरेको थियो । उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार फुलबारी, उर्मा र बेलीमा गरी तीन स्थानमा शिविर आयोजना गरिएको थियो । फूलबारी शिविरमा २१ जना, उर्मामा २१ र बेलीमा १७ जनाको सल्यक्रिया गरिएको जनाइएको छ । स्वास्थ्य शिविरबाट तीन सय एक जनाले सेवा लिएको बताईएको छ ।
माया मेट्रो अस्पतालका बरिष्ठ सर्जन डाक्टर विनय तिमिल्सेनाले बिरामीको सल्यक्रिया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार