१२ श्रावण २०८१, शनिबार

लागू पदार्थ दुव्र्यसन विरुद्ध अभियान



धनगढी । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय प्रशिक्षण केन्द्र, धनगढीले लागूपर्दाथ दुब्र्यसन विरुद्ध अभियान सुरु गरेको छ ।


दुई दिनसम्म धनगढी उपमहानगरपालिकाका विभिन्न विद्यालयमा दुब्र्यसन विरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गरेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय प्रशिक्षण केन्द्रले शनिवार धनगढीमा बृहत ¥याली निकालेको छ । ¥यालीमा ठूलो संख्यामा ईश्वरीय विश्वविद्यालयमा आस्थावानहरू, प्रहरी, स्वास्थ्यस्वंसेवक, जनप्रतिनिधी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य टेकबहादुर रैका, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) सुदिप गिरी लगायतको सहभागिता रहेको थियो ।
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय प्रशिक्षण केन्द्र धनगढीका प्रमुख हिरा दिदिले दुब्र्यशन विरुद्धको अभियानले निरन्तरता पाउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार