११ श्रावण २०८१, शुक्रबार

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले वडा नम्बर ६ बसन्तागाउ“बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेको छ ।

शुक्रबार नगर उपप्रमुख प्रेम कुमारी थापा र वडाध्यक्ष विनोद विश्वकर्माले सप्तरंगी सामुदायिक वनमा पोखरी निर्माण योजनाको शिलन्याससंगै रोजगार कार्यक्रम शुरु भएको घोाषणा गरे ।
पा“च लाख रुपैयाको लागतमा निर्माण हुने पोखरीमा एक सय एक जनाले रोजगार पाउने बताईएको छ ।
घोडाघोडी नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रले १२ वटै वडाका लागि पा“चपा“च लाख रुर्पैया विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार