११ श्रावण २०८१, शुक्रबार

स्वास्थ्य राहतकोष निर्माण



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले स्वास्थ्य राहतकोष निर्माण गरेको छ । आर्थिक अवस्था कमजोर भएका तथा बिपन्न समुदायका मानिसलाई उपचारमा राहत प्रदान गर्न कोष निर्माण गरिएको जनाइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक मीनबहादुर धामीका अनुसार नगर प्रमुखको संयोजकत्वमा स्वास्थ्य राहत कोष समिती निर्माण गरिएको छ ।
कोषमा रहेको १० लाख रुपैया मध्ये हालसम्म नौ लाख ५० हजार रुपैया“ बितरण भईसकेकाले कार्यपालिकाको बैठकबाट थप १० लाख रुपैया निकासा गर्ने निर्णय पारित भएको उनले जानकारी दिए ।
गत आर्थिक वर्षमा कोषमा राखिएको १० लाख मध्ये २५ जनालाई बितरण गर्दा छ लाख ५० हजार रुपैया खर्च भएको थियो भने चालु आर्थिक वर्षमा कोषको १० लाख मध्ये नौ लाख ५० हजार रुपैया“ बितरण भइसकेको छ ।
उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म ५० जनाले राहत रकम लिईसकेका छन । टोलटोलका जनप्रतिनिधीहरू, प्रत्यक्ष लाभान्वित ब्यक्ति तथा बिभिन्न सञ्चार माध्यमहरूबाट भएको प्रचारप्रसारले सेवा लिनेको संख्या बढेको नगरपालिकाका सुचना अधिकारी उमेशराज रेग्मीले बताए ।
बिरामीको अवस्था हेरेर अधिकतम १० हजार र न्यनतम तीन हजार रुपैया“सम्म बितरण गर्ने गरेको भए पनि सेवाग्राहीलाई बढी रकमको आवश्यकता परेमा कार्यपालिकाले निर्णय गरी रकम बितरण गर्ने गरेको स्वास्थ्य शाखाका मानबहादुर बोहराले बताए ।
हालसम्म सबैभन्दा बढी रकम नगर कार्यपालिका सदस्य समेत रहेकी वडा नम्बर १० की हसिना बिश्वकर्मालाई एक लाख रुपैया“ र वडा नम्बर ८ का लेखराज ढकाललाई गत वर्ष ८० हजार रुपैया“ बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार