१२ श्रावण २०८१, शनिबार

बेहडाबाबासम्म निःशुल्क बस सेवा सञ्चालन



धनगढी । धनगढी उपमहानगरपालिका र बस ब्यावसायी समितिको संयुक्त पहलमा बेहडाबाबा मेलामा दर्शन गर्न जाने भक्तजनका लागि निःशुल्क बस सेवा सञ्चालन भएको छ ।


बुधवारदेखि निःशुल्क बस सेवा सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका अनुसार धनगढीको क्याम्पसचौकदेखि बेहडाबाबा मन्दिरसम्म बस सेवा सञ्चालन हुने छ । बस सेवा आज (बिहीबार) सम्म सञ्चालन हुने छ । उपमहानगरपालिका वडा नम्बर १६ स्थिते बेहडाबाबामा मंगलबारदेखि गंगा दशहरा मेला लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार