१२ श्रावण २०८१, शनिबार

बेहडाबाबामा गंगा दशहरा मेलाको रौनक



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गंगा दशहरा मेलाको सुरु भएको छ ।

विगतको वर्ष जस्तै यस वर्ष पनि स्थानीयस्तरबाटै मेलाको आयोजना गरिएको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार मेला उद्घाटन गरेका हुन् ।
मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रदेशमा सबै भन्दा बढि धार्मिक पर्यटनको सम्भावना बेहडाबाबामा रहेको बताए । उनले बेहडा बाबा धामको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको आश्वासन दिए । बेहडाबाबा संगै सिंगो सुदूरपश्चिमका पर्यटकिय क्षेत्रको बिकासका लागी प्रदेश सरकार लागेको उनले बताए ।
सुदूरपश्चिममा भएका बिभिन्न पर्यटकिय क्षेत्रको पहिचान गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके प्रदेशको बिकास हुनेमा उनले बिश्वास राखे । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम धार्मिक पर्यटकिय क्षेत्रमा अगाडी रहेकाले यिनको प्रचार र संरक्षण गर्नुपर्नेमा जोड दिए । सो पर्यटकिय क्षेत्रको बिकास गरी तिनै तहका सरकारले प्रदेशलाई आर्थिक बिकास तिर डो¥याउने उनको भनाई छ ।
कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य नारदमुनी रानाले तिनै तहका सरकारको समन्वय र सहकार्यबाट मात्र सरकारले लिएको सुखी नेपाली सम्बृद्ध नेपालको नाराले पुर्णता पाउने बताए ।
कृषी क्षेत्र, पर्यटन क्षेत्रकै बिकासबाट सरकारले यो नारा पुरा गर्ने भएकाले यसमा तिनै तहका सरकारले एकबद्धता जनाउनुपर्नेमा उनले जोड दिए । संघिय सरकारबाट हुने पहलका लागी आफुले गरिरहेको र प्रदेश तथा स्थानियलेपनि आ आफ्नो क्षेत्रबाट सहयोग गरिरहेको सांसद रानाको भनाई छ । साथै प्रदेशका पर्यटकिय क्षेत्रको बिकासका लागी प्रदेश सरकारले मुख्य भुमिका खेल्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा धनगढी उप महानगरपालीकाका नगर प्रमुख नृपबहादुर वडले बेहडाबाबाको विकासका लागि गुरु योजना तयार भैसकेको बताए । ‘बेहडाबाबा जोड्ने सडक कालोपत्रे गर्ने कामको सुरुवात भइसकेको छ’, उनले भने, ‘खुटिया र शिवगंगा नदीमा पक्की पुल निर्माणको काम सुरु भइसकेकाले भक्तजनलाई यहा“ आउन समस्या हु“दैन ।’
मेलामा भारतीय पर्यटक सबैभन्दा बढी अवलोकन गर्न पुग्छन् । स्थानीयका अनुसार बेहडा बाबा दर्शनको लागि आउने दर्शनार्थीमध्ये भारतीयको संख्या नै उल्लेख हुन्छ । बेहडाबाबा सुदूरपश्चिम प्रदेशको एक प्रमुख धार्मिक स्थलका रुपमा चिनिएको छ ।
यहा“ पत्नीलाभ, पुत्रलाभ, धनलाभलगायत धेरै मनोकांक्षा बोकेर तीर्थालु आउने गरेको स्थानीय बताउ“छन् । राज्यको उचित लगानी हुन नसक्दा ओझेलमा पर्दै आएको छ । परापूर्वकालमा शिवलिंग आफै उत्पत्ति भएपछि त्यहा“ मन्दिर स्थापना गरिएको हो ।
मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ । त्यस तलाउमा स्नान गरी दर्शनार्थी शिवजीको पूजा गर्ने गर्दछन् । माघे संक्रान्तिका दिन जलाशयमा स्नान गरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वास समेत रहँदै आएको छ । यसका अतिरिक्त त्यहा“ दर्शन गर्नाले पारिवारिक सुख, सन्तान लाभ, धनप्राप्तिका साथै नयाँ जोडी प्राप्त हुने विश्वास गरिन्छ । यस कारणले पनि त्यहाँ नेपाल र भारतका दूरदराजबाट पर्यटक दर्शनका लागि उल्लेख्य संख्यामा आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार