१० श्रावण २०८१, बिहीबार

नेकपाको सपथ ग्रहण (सदस्यहरूकाे नाम लिष्ट र भिडियोसहित)



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलाली र डडेल्धुराको पार्टी एकीकरण गरी गठित नयाँ कार्यसमितिको सपथ ग्रहण गराइएको छ ।
नेकपा सुदूरपश्चिम प्रदेश समितिले जिल्ला पार्टी कार्यालय धनगढीमा शनिबार सपथ ग्रहण कार्यक्रम आयोजना गरेको हो ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भिम रावलले तत्कालीन एमालेबाट ९५ जना र माओवादी केन्द्रबाट ८० जना गरी एक सय ७५ जना सदस्यहरुलाई सपथ खुवाएका हुन् । सुदूरपश्चिम सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री विनिता चौधरीले समेत जिल्ला कमिटी सदस्यको सपथ ग्रहरण गरेका छन् ।

नेकपा कैलालीका अध्यक्षमा सांसद् रतन थापा, सचिवमा लालबहादुर सोडारी छन् ।

सो कार्यक्रममा नेपाल सरकासरद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्को नेकपा समुहका केन्द्रिय दलित विभाग सदस्य मन नेपाली नेकपामा प्रवेश गरेका छन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज रावलले खादा ओढाएर नेपालीलार्इ पार्टीमा स्वागत गरेर सपथ ग्रहण गराएका थिए ।
यसैगरी, (नेकपा) डडेल्धुराको एक सय ३५ जना जिल्ला कमिटी सदस्यले आइतबार सपथ ग्रहण गरेका छन् । डडेल्धुरा सदमुकाममा सपथ ग्रहण कार्यक्रमको आयोजना गरी नेकपाका सुदूरपश्चिम प्रदेश इञ्र्चाज भीम रावलले जिल्ला कमिटी सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन् । तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्षपछि जिल्ला कमिटीले पूर्णता भएको हो । डडेल्धुरामा पूर्व माओवादी केन्द्रले अध्यक्ष सहित ६७ जिल्ला कमिटी सदस्य पाएको छ भने पूर्व एमालेबाट सचिव सहित ६८ जिल्ला कमिटी सदस्य पाएको छ ।

तत्कालीन जिम्मेवारीको आधारमा जिल्ला कमिटी सदस्य बनाइएको नेता रावलले बताए । यस्तै विवादित रहेको नेकपा डडेल्धुराको सचिव पद वीरेन्द्र बस्नेतले पाउने भएका छन् । तत्कालीन एमालेका जिल्ला अध्यक्ष डा.तारा जोशीले सचिव पदमा नरहने भनी इञ्चार्जलाई निवेदन पेस गरेपछि वरियताका आधारमा बस्नेतलाई सचिव बनाउने सहमति भइको ईञ्चार्ज रावलले बताए । सपथ ग्रहणमा उपस्थित हुन नसकेका जिल्ला कमिटी सदस्यहरूलाई जिल्ला अध्यक्षले सपथ ग्रहण गराउने अध्यक्ष मानसिंह मल्लले बताए । आइतबार नै नेकपा जिल्ला कमिटीको पहिलो बैठक बसेको छ ।

नेकपा कैलालीकाे जिल्ला कमिटी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार