१० श्रावण २०८१, बिहीबार

निर्वाचन स्वच्छ र विश्वस बनाउन पूर्वतयारी जरुरी



धनगढी । निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन अहिलेदेखि नै तयारी गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।


राष्ट्रिय निर्वाचन पर्यवेक्ष समिति (नियोक) ले शनिबार धनगढीमा आयोजना गरेको निर्वाचन जोखिम व्यवस्थापन सम्बन्धी सुदूरपश्चिम प्रदेशस्तरीय अन्तर सम्वाद कार्यक्रममा सहभागीले निर्वाचन नभएको बेला पनि तयारी गर्नुपर्ने बताएका हुन् । उनीहरुले निर्वाचन आयोगले मतदाता नामावली दर्तासंगै मतदाताहरुलाई मताधिकार र त्यसको प्रयोगको विषयमा शिक्षा दिने लगायतका काम गर्नुपर्ने बताए ।
नियोकका रणबहादुर थेवेले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनमा खटाइएका प्रशासन दक्ष, विज्ञ र निस्पक्ष हुनुपर्ने बताए । उनले सुरक्षा प्रणाली चुस्त र प्रभावकारी हुनुपर्ने बताउँदै लैंगिक समानता तथा समावेशी हुनुपर्ने बताए ।
राष्ट्रिय मानव अधिका आयोगका निर्देशक झंकर रावलले निर्वाचन प्रविधिमैत्री हुन जरुरी रहेको बताए । उनले निर्वाचन आयोगले अहिलेदेखिनै आगामी निर्वाचनमा प्रयोग हुने प्रविधिको परीक्षण र छनौट गर्न जरुरी रहेको बताए ।
गैरसरकारी संस्था महासंघ कैलालीका सविच चेतमान साउँदले निर्वाचनमा हुने खर्चको व्यवस्थापनको विषयमा छलफल हुन जरुरी रहेको बताए । उनले निर्वाचनमा उम्मेद्वारहरुले मापदण्ड विपरित खर्च गर्ने परिपार्टीले गर्दा निर्वाचन स्वच्छ र विश्वसनीय हुन नसकेको बताए ।
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले मतदाता नामावली संकलन लगायतको काम जारी रहेको बताए । उनले सरकारले निर्वाचन कार्यालयलाई पूर्व तयारीको लागि बजेट र कार्यक्रम दिनुपर्ने समेत बताए ।
नियोकका प्रदेश अध्यक्ष देवी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि र विगतका निर्वाचन पर्यवेक्षणमा खटिएका व्यक्तिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार